काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्य घटेको छ।
आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
