रबि लामिछानेको नेतृत्वमा बन्दै गरेको रास्कोट अस्पतालका लागि बेल्जियमबाट १७ लाख सहयोग

बेल्जियम । कालिकोटमा रास्कोट अस्पताल निर्माणका लागि बेल्जियमबाट उठेको १७ लाख रुपैयाँ सञ्चारकर्मी रवी लामिछानेको समुहलाई हस्तान्तरण गरिएको छ । शनिबार न्युज २४ टेलिभिजनको कार्यालयमा सुनिता गुरुङले उक्त संकलित रकमको चेक विभिन्न देशबाट आएका सामाजिक अभियन्ताहरुको रोहबरमा रबि लामिछाने फाउन्डेसनका संस्थापक अध्यक्ष रवि लामिछानेलाई हस्तान्तरण गरेकी हुन्।

हस्तान्तरण पछि गुरुङले यस कार्यमा सबै नेपालीहरुको साथ, सहयोग नभएको भए यति धेरै रकम संकलन गर्न सम्भव नहुने भन्दै यस महान सहयोग अभियानमा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग र सद्भाव राख्नु हुने सहयोगी मनहरु प्रति हृदयदेखि आभार प्रकट गरेकी छन्।

Advertisement

यसै गरि चर्चित संचारकर्मी रबि लामिछानेले पनि देश बिदेशबाट खुलेर उद्धार मनले सामाजिक अभियन्ता र सहयोगी मनहरुले देखाएको साथ सहयोग र सद्भाव प्रति नतमस्तक रहेको बताए।

बेल्जियम निवासी सामाजिक भावनाले अभिप्रेरित दम्पती सुनिता गुरुङ र नारायण धितालको सक्रियतामा चर्चित सञ्चारकर्मी रबि लामिछानेको नेतृत्वमा कर्णालीको कालिकोट स्थित निर्माणाधिन सामुदायिक हस्पिटल निर्माण सहयोगार्थ १७ लाख भन्दा बढी सहयोग रकम संकलन भएको हो।

सामाजिक अभियन्ता दम्पतीले ४ महिनामा बेल्जियम लगायतका अन्य देशहरूबाट १७ लाख ६ सय ४५ रुपैयाँ संकलन गरेका हुन्। यस अभियानमा २८३ जना सहयोगी दाताहरुले आफूँले सक्दो रकम सहयोग गरेका थिए।

More News last news
Loading...