लोकसेवाले फेरी ९ हजार १६२ कर्मचारीको विज्ञापन खोल्दै

ललितपुर । लोक सेवा आयोगले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने बुझिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त जानकारी दिएका हुन् ।

Advertisement

 
मन्त्री पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।
शनिवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’मा मन्त्री पण्डितले विभिन्न ३ तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।
‘यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरूले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन्,’ उनले भने । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । ‘२ महिनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं,’ उनले भने ।
More News last news
Loading...