काठमाडौँ । ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ। आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो।
सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।
वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए। घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्योति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
