सोच्नै नसक्ने गरी घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ।

सुनको मुल्यमा आज २०० रुपैयाँले कमी आएको छ । हिजो छापावाल सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Advertisement

तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । सुनको मुल्य संगै चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार पनि चाँदीको मुल्य तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ७०० रुपैयाँ रहेको थियो धने चाँदी ८६५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...