वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नव निर्वाचित पदाधिकारीहरुले संघको पदबहाली गरेका छन्।

संघको कार्यालय बत्तिसपुतलीमा आयोजित एक कार्यक्रममा विच संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

Advertisement

कार्यक्रममा संघका अन्य पदाधिकारीले पनि आ आफ्नो दायित्व पुरा भएको भन्दै आगामी २ वर्षका लागि नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्।

गत मंगलबार सम्पन्न संघको २७ औं साधारण सभा तथा निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीत हाँसिल गरेको थियो।

अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४७ मतले पराजित गरेका थिए।

More News last news
Loading...