काठमाडौँ । आज (बिहीबार) सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको भाउ आज एक हजार रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७२ हजार तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
