कुमार बाबु हितंगा/स्याङ्जा । स्याङ्जा जिल्ला सदरमुकाममा सिसी क्यामेरा जडानका लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको अगुवाई र जिल्ला प्रहरी कार्यालयको समन्वयमा बैंकले सिसी क्यामेरा जडान गर्न का लागि मुक्तिनाथ विकास वैक लिमिटेड, नेपाल बैंक लिमिटेड र रेज मोटर्स ईसुजु पोखराले क्रमशः ५० हजार, ९० हजार र १ लाख सहयोग प्रदान गरेका हुन् ।
सहयोग प्राप्त भएसँगै संघको अगुवाईमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाका मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान कार्य शुरु भएको छ । २० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारीमा लागेको संघले ५ स्थानमा क्यामेरा जडान गरिसकेको संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ सुवर्णले जानकारी दिए ।
सिसी क्यामेरा चौकी बजार, सहिदचोक, बैंकरोड, अभियानपथ, ठाडोलाईन, घुम्ती, प्रगतीनगर, बाडखोला र पुतलीखेत क्षेत्रका बजारमा जडान गरिने उनले बताए । “बढि घटना बजार क्षेत्रमा हुने भएकाले संघसँग सहकार्य गरेर हामीले सिसी क्यामेरा जडानको प्रक्रियालाई अगाडी बढाएका छौं ।” जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भने, “केहि स्थानमा क्यामेरा जडान गरिएको छ, अब छिट्टै तोकिएका स्थानमा क्यामेरा जडान गछौं ।”
सदरमुकाम आसपासमा करिब २ महिना अधिदेखि सिसी क्यामेरा जडानको कार्य शुरु गरिएको हो । संघका अनुसार करिब एक महिनाको अवधिमा क्यामेरा जडान कार्य सक्ने योजना रहेको छ । मुक्तिनाथ विकास वैक लिमिटेड स्याङ्जाका शाखा प्रवन्धक नविन काफ्लेले चेक हस्तान्तरण गदै वर्तमान समयमा वजारमा देखिएका विभिन्न घटनालाई न्युनिकरण गर्न महत्वपुर्ण सहयोग गर्ने विश्वास लिएको भन्दै यस्ता कार्यमा मुक्तिनाथ वैक सहभागी हुन पाउनु सुखद रहेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
