फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...