आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ । आज (आइतबार)बाट बसको टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट बुकिङ सुरु गरेको हो।

लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ बिहानैदेखि सुरु भएको हो। टिकट लिनका लागि बिहानैदेखि टिकट काउन्टरमा यात्रुको लाम लागेको छ। नजिकका जिल्लाका लागि भने केही दिनपछि मात्र बुकिङ खुलाइने छ।

Advertisement

जसअनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ।

More News last news
Loading...