सुपरभाइजर हत्याको आरोपमा मलेसियामा पक्राउ परेका २ नेपाली रिहा

क्वालालम्पुर । मलेसियाको एक सेक्युरिटी कम्पनीका सुपरभाईजरको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना नेपाली रिहा भएका छन्।

गत सेप्टेम्बर १ तारिखका दिन मलेसियाको एभिन्यू अपार्टमेन्टमा तलबको बिषयमा विवाद भएपछि रेकल सेक्युरिटी कम्पनीका सुपरभाइजरलाई केही सेक्युरिटी गार्डले अभद्र व्यवहार गरेको भोलिपल्ट सुपरभाइजर ट्वाईलेट भित्र मृत अवस्थामा फेला परेका थिए।

Advertisement

उक्त घटनापश्चात अनुसन्धनका लागि रेकल सेक्युरिटी कम्पनीमा कार्यरत २ नेपाली सेक्युरिटी गार्ड पर्साका सुन बहादुर कामी र झापाका टंक प्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो।

यस घटनाको मुख्य दोसी यसै कम्पनीका सेक्युरिटी गार्ड एक भारतीय नागरिक भएको र उनी हालसम्म फरार रहेको प्रारम्भिक अनुसन्धनबाट पुष्टि भएको नेपाली राजदुतावासकी वकिल दातिन खारेन जीत कउर एलसिएसले बताएकी छन् ।

प्रारम्भिक अनुसन्धनको बयान र सिसिटिभी फुटेजका आधारमा दुबै जना नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको पेतालीन जया अदालतले निर्दोश ठहर गर्दै रेकल सेक्युरिटी कम्पनीका संचालकको जमानीमा उनीहरुलाई सेप्टेम्बर २० तारिखका दिन रिहा गरेको हो।

रिहा पश्चात सुन बहादुर र टंक प्रसादलाई सुरक्षा खतरा भएकाले आवश्यक परेको खण्डमा फेरी मलेसिया झिकाउने शर्तमा आज बिहान ९ बजे मलेसियाबाट नेपाल पठाईएको नेपाली राजदुतावासका जेल शाखा अधिकृत प्रतिक कार्कीले बताए ।

घटनाको जानकारी पाय लगत्तै दुतावासको फलोअप, कानुनी सहायतापछि उहाहरुलाई रिहा गर्न सफल भएकोमा दुतावास परिवार खूशी छौँ कार्कीले भने । सुन बहादुर र टंक प्रसाद नेपाल उडेसँगै सुन बहादुका छोरा रुद्र बिकले भने, “हामीले कानुनी सहायताका लागि निवेदन दिएको केही दिनमै नेपाली दूतावास मलेसियाको ठुलो सहयोगका कारण बुबाहरु रिहा हुनुभयो धेरै खुसी छौं।”

More News last news
Loading...