नङको रङ फेरिँदै छ ? सावधान …

काठमाडौँ । हाम्रो नङको रङले हाम्रो स्वास्थ्यबारे धेरै खुलासा गरेको हुन्छ । तसर्थ यदि हाम्रो नङको रङ बदलिँदै छ र पहिलेको तुलनामा निकै पहेँलो हुँदै गएको छ भने यसले हाम्रो शरीरमा रगतको कमी हुँदै गएको जनाउँछ।

यसको अर्थ हामीलाई एनिमिया भएको हुनसक्छ । वा यही कुरा हाम्रो मिर्गौला वा कलेजो खराब भएको संकेत पनि हुनसक्छ। अर्कोतिर हाम्रो नङको रंग सेतो हुँदै गएको छ भने हाम्रो कलेजोमा समस्या हुनसक्ने संकेत त्यसले गरेको हुन्छ । हामीलाई थायराइड हुँदै छ भने हाम्रो नङको रङ कालो हुँदै जाने सम्भावना बढी हुन्छ।

Advertisement

नङ नीलो हुँदै गएको छ भने हाम्रो शरीरमा आवश्यक अक्सिजन पुगिरहेको हुँदैन । त्यसैले हाम्रो नङमा सामान्यभन्दा पनि अलिक नोटिसेबल परिवर्तन देखिँदै गएको छ भने हामीले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

More News last news
Loading...