काठमाडौं। पशुपति क्षेत्रस्थित बज्रघर अघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।
करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ। संविधान एवं राष्ट्रिय दिवसका दिन शुक्रबार सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो।
पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ। बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
