काठमाडौं । गहृमन्त्री रामबहादुर थापा (वादल) का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए।
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो।
उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । समीरले फिरौती संकलनमा रहेको आरोपमा नरेश अनुसन्धानमा तानिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
