काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको भाउ स्थिर छ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८७० रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
