अब नेपाल एयरलाइन्सले ७० वर्षमाथिका बुबा-आमालाई भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौँ । नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ।

पूर्ण सरकारी स्वामित्वको एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई  उक्त भाडा छुट दिने भएको हो।

Advertisement

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टराईले सबै एयरलाइन्सले छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेका थिए। तर यसमा निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन्।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार ७० वर्ष पूरा भएको प्रमाणित हुने प्रमाणपत्रसहित आएमा टिकटमा ५० प्रतिशत छुट पाइने छ। नेपाल एयरलाइन्सले हाल दैनिक औसत १० उडान गरिरहेको छ।

More News last news
Loading...