एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन्। उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले।
२२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने। बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन्।
उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन। तर हाइन्सको पुस्तकले सबै बदलियो।
हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधास्वामी सत्संग ब्यासका लागि लेखेका थिए। शाहिद अन्ततः राधास्वामीको भक्त बने । तर, रोचक आज हाइन्स आफैँ राधास्वामीको मार्गमा छैनन्। आजको नयाँपत्रिका दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
