भारतमा पानीको ट्याङ्कीमा खसेर एक नेपाली युवकको मृत्यु

बैतडी । रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवकको पानीको ट्याङ्कीमा खसेर ज्यान गएको छ।

ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका जनाइएको छ।

Advertisement

शनिबार राति काम सकेर कोठातिर जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए।

मृतक जोशी एक महिना अगाडि मात्रै रोजगारीका लागि भारतको बेंगलोर गएका थिए । जोशीको शव परीक्षणपछि भारतमै दाहसंस्कार गरिसकिएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थागत अध्यक्ष कपाडीले बताए।

More News last news
Loading...