गल्याङ वाणिज्य संघको अध्यक्षमा अर्याल बिजयी, पदाधिकारीमा लोकतान्त्रिक समुहको बर्चस्व

स्याङ्जा । गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका छन् । निकटतम लोकतान्त्रिक समूहका धुव्र श्रेष्ठलाई पराजित गर्दै अर्याल अध्यक्ष पदमा विजयी भएका हुन् ।

श्रेष्ठले २ सय १५ मत प्राप्त गर्दा अर्यालले २ सय २५ मत प्राप्त गरी विजयी भए । यज्ञ प्रसाद अर्याल समुह अध्यक्ष, कोषाध्यक्ष र सहित २ सदस्य पदमा निर्वाचित भएको छ भने लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष सहित ३ जना सदस्य पदमा निर्वाचित भएको छ ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा ईन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा लोकतान्त्रिक समुहकै बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टरार्इ बिजयी भए । यस्तै, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा होमलाल भट्टराई र सदस्यहरुमा अर्याल समुहका हुमकान्त चिन्तामणी अर्यालले निर्वाचित भए ।

यसैगरी लोकतान्त्रिक समुहका गुम प्रसाद थापा, नर बहादुर गुरुङ र ऋषि बस्याल बिजयी भए ।

More News last news
Loading...