पञ्चाङ्ग
आज मिति २०७६ साल भदौ २९ गते आइतबार। इस २०१९ सेप्टेम्बर १५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलगा, आश्विन कृष्णपक्ष, प्रतिपदा तिथि।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पैतृक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेको छ। दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काम गर्दा शक्तिशालि व्यक्तिसँग प्रतिष्पर्धा गर्नु पर्नेछ। नोकरिमा झमेलाको सामना गर्नु पर्ला। व्यापार, व्यवसायमा भने जस्तो आम्दानी हुने छैन्। विवादित मुद्दाको फैसला तपाईको पक्षमा नपर्दा मन खिन्न रहला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा प्रभाव पार्न सकेर महत्वपूर्र्ण काम गर्न सकिनेछ। पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिस्थिति अनुसार नचल्दा दुख पाइएला। माया प्रेममा धोका तथा दाम्पत्य जीवनमा खटपट आउन सक्ने योग छ। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि पर्न सकिनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा व्यावसायमा समय दिन नसक्दा घाटा व्यहोर्नु पर्ला । सवारी साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा सावधान रहनुहोला। व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ। अदालति निर्णयहरु तपार्ईँको पक्षमा नपर्दा मन खिन्न हुनेछ। साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा मन जानेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ। माया प्रेमका कोपिला फक्रियर जाने योग छ। आकस्मिक धन तथा सम्पति हात लागि हुने योग रहेकोछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन्। राजनीति तथा समाजसेवामा गम्भिरता अप्नाउनु उचित रहला। कृषि पेशा अपनाउँनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला। मुद्दा मामिला तथा प्रतिस्पर्धामा पछि पर्दा तनाव उत्पन्न हुन सक्छ। बिद्यामा गरिएको लगानी बाट सन्तोषजनक नतिजा प्राप्त गर्न सकिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । आफ्नो मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ भने आफूसँग भएका साधन स्रोतको सही परिचालन गर्न सक्दा फाइदा होला। पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ । साझपख समय राम्रो रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
