धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन्।
धादिङबेसीबाट काठमाण्डौ आउँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडाको बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडाको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।
उनका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
