नेपाली बजारमा प्याजको भाउ बढ्यो

काठमाडौँ र काठमाडौँमा सुकेको प्याज महँगो हुँदै गएको छ।

किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

Advertisement

समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो। नेपालमा लगाएको प्याज बाढीले बगाएको तथा लगातार पानी पर्दा उत्पादन कम भएपछि प्याजमा पनि भारतकै भर पर्नुपरेको छ।

तर भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ।

More News last news
Loading...