रोनाल्डोको नयाँ कीर्तिमानीः एक्लैले गरे चार गोल

सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो।

यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। मंगलबार राति भएको खेलमा रोनाल्डोले लिथुआनियामाथि ह्याट्रिकसहित चार गोल गर्दै युरो छनोट खेलमा २५ गोलको कीर्तिमान पूरा गरे।

Advertisement

उनले यसअघि आयरल्यान्डका रोबी किनको नाममा रहेको किर्तिमान तोडेका हुन्। रोबीले २३ गोल गरेका थिए। आफ्नो कीर्तिमान भंग भएपछि रोबीले सामाजिक सन्जाल इन्सटाग्राममा रोनाल्डोलाई बधाई दिएका छन्। उनले हरेक खालको कीर्तिमान रहेको पनि बताएका छन्।

लिथुआनियाविरुद्ध रोनाल्डोले सातौं मिनेटमा पेनाल्टी गोलमार्फत खाता खोलेका थिए। त्यसपछि रोनाल्डोले ६२औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गरेका थिए। रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनले एक सय ६० खेल खेल्दै ९३ गोल गरेका छन्।

अर्को गोल विलियम कार्भाल्होले खेलको अन्तिममा गरेका थिए। लिथुआनियाका लागि भिटउटास एन्ड्रसिकेभिसियसले २८औं मिनेटमा गरेका थिए। जितसँगै समूह ‘बी’ मा रहेको पोर्चुगलले चार खेलबाट आठ अंक बनाएको छ। पोर्चुगल समूहको दोस्रो स्थानमा छ।

More News last news
Loading...