लियोनल मेस्सी अर्जेन्टिनाको श्रमजीवी वर्गको परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए र उहाँकी आमा क्लीनर थिइन् । मेस्सीको फुटबलको प्रतिभा स्पष्ट थियो तर ११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भयो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र हार्मोनको कमी हुने उपचार महँगो हुन्छ। यसले शरीरमा निकै समस्या झेल्नु परेको थियो।
फोर्बसका अनुसार स्पेनका एफसी बार्सिलोनाका लागि स्टार फारवर्ड तथा अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनेल मेसी २०१९ मा फ्लोड मेवेदर पछि विश्वको सबैभन्दा बढी पारिश्रमिक पाएका खेलाडी हुन्। २०१७ मा मेस्सीले १११ मिलियन डलर कमाएका थिए जसमा एफसी बार्सिलोनासँग सम्झौतामा ८० मिलियन डलर भन्दा धेरै र अनुबन्धहरूबाट २७ मिलियन डलर थपिएको थियो । उनको कुल सम्पत्ति ४० करोड डलर रहेको छ।
सम्झौता र अनुबन्धन
मेस्सीसँग एडिडास कम्पनिले स्थायी जीवनकालभरीको सम्झौता गरेका छन्। यसले उनलाई एक वर्षमा १२ करोड भन्दा बढी मूल्य बराबरको रकम दिने गर्छ । उनीसँग एफसी बार्सिलोनासँग २०२० देखि २०२१ सिजनसम्म अनुबन्ध विस्तार गरिएको छ । जसका लागि उनलाई प्रति वर्ष तीन करोड ३० लाख डलर भुक्तानी गरिन्छ। यी सम्झौताको प्रभावले उनलाई विश्वमा सब भन्दा बढी आर्जन गर्ने फुटबल खेलाडी बनाएको छ।
मेस्सीसँग पेप्सी–कोला (पीईपी)र हुआवेइ जस्ता कम्पनीहरूसँग एन्डोर्समेन्ट डिलहरू छन्। ईएसपीएनका अनुसार चीनले २०२० मा फुटबल खेलाडीको नाममा एउटा थीम भागको नाम राख्ने योजना गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
