नेपाल टेलिकमको फोरजी सेवा अपग्रेडः आज राति सेवा अवरूद्ध हुनसक्ने

काठमाडौँ । नेपाल टेलिकमले शनिबार राती ११ः३० बजेदेखि फोरजीरएलटिई सेवा अपग्रेड गर्ने भएको छ । अपग्रेडको समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

Advertisement

‘फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११:३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ।

More News last news
Loading...