गत शनिवार ह्याकरहरूले नेपाल र भारतका एटीएमबाट नेपाली ब्याङ्कमा रहेको तीन करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम एटीएमबाट चोरेका थिए।
चिनियाँ ह्याकरहरूले काठमाण्डूका एटीएमबाट पैसा चोर्दा प्रयोग गरेका सम्पूर्ण कार्डहरू ‘म्याग्नेटिक स्ट्रिप’ भएको पाइएपछि राष्ट्र ब्याङ्कले सुरक्षा व्यवस्था थप सबल बनाउने उपाय भन्दै त्यस्तो सुझाव दिएको बताएको छ। तर नेपाल ब्याङ्कर्स सङ्घका सदस्य अशोक शेरचन भन्छन्, “लाखौँ ग्राहकहरूले म्याग्नेटिक कार्ड प्रयोग गरिरहेकाले तीन महिनाभित्रै तिनलाई पूर्ण रूपमा विस्थापन गर्न असम्भव छ।”
कार्ड फेर्दा हुने असर
चिप र पिनलाई नेपाल राष्ट्र ब्याङ्कले यसअघि नै अनिवार्य बनाएको थियो। यद्यपि अहिले पनि चिपले कारोबार गर्न असफल भएको खण्डमा ‘फलब्याक’ भनिने वैकल्पिक बाटोबाट पुरानै म्याग्नेटिक स्ट्रिप कार्डको शैलीमा कारोबार गर्न सकिन्छ।
“म्याग्नेटिक कार्डमा खातावालका सीमित सूचना हुन्छन् जसले गर्दा आधिकारिकता पुष्टि गर्ने सवालमा ह्याकरहरूले फाइदा उठाउन सक्ने जोखिम उच्च हुने गरेको हो,” ब्याङ्किक सुरक्षा मामिलाका जानकार सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्।
तर एटीएमबाटै प्रविधिलाई छक्याउँदै चोरी गर्ने क्रम बढेपछि राष्ट्र ब्याङ्कले त्यसलाई हटाउने सुझाव दिएको हो। अहिले चिपजडित एटीएम कार्डले समेत निम्न अवस्थामा म्याग्नेटिक स्ट्रिपका रूपमा काम गर्ने गर्छन्:
- एटिएम कार्डको चीपले काम नगरेमा
- एटीएम मेसीनमा चीप रिर्डर नभएको अवस्थामा
- चीप नभएको पूरानै कार्ड प्रयोग हुने अवस्थामा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
