दूधको मूल्य एकैपटक ६ रुपैयाँले बढ्यो

काठमाडौँ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ।

बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले बताए।

Advertisement

महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए। महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ। ‘आजै कार्यालय समय सकिएपछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ ।

More News last news
Loading...