ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधवार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

मंगलवारको तुलनामा बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो। मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।

Advertisement

महासँघका अनुसार, आज चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ। मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो। चाँदी मंगलवार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...