हेटौँडा । सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेलले मंगलबार उच्च अदालतमा हालेको मुद्दाले नयाँ मोड लिएको छ।
उच्च अदालतले बुधबार चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन मागेको हो। चितवन जिल्ला अदालतले गरेको आदेशको आधारसहित कैफियत प्रतिवेदन माग आदेश गरिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन्।
कार्यक्रम प्रस्तोता लामिछाने र पत्रकार कँडेलले जिल्ला अदालत चितवनले दिएको आदेशविरुद्ध हेटौँडा इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको श्रेष्ठले बताए।
प्रतिवेदन आएपछि हेटौँडा इजलाशले प्रतिवेदनको आधारमा पुनः सुनुवाई गर्ने रजिष्ट्रार श्रेष्ठको भनाई छ। धरौटीमा छुटेका लामिछानेले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
