कास्की आदर्श युएईको २०७६ को तिज विशेष कार्यक्रम सँगै महिला समिति गठन

केदार कुँवर

युएई । कास्की आदर्श सेवा समाज, युएर्इको आयोजनामा नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिज २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रमका साथमा युएई कार्यरत समाजमा सक्रिय कस्केली महिलाहरूको भेला सम्पन्न भएको छ ।

Advertisement

गत शुक्रवार ३० अगष्ट २०१९ का दिन युएईको दुवई स्तिथ मुश्रिफ पार्कमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली समाज युएईका पूर्व केन्द्रीय सदस्य एवं कास्की आदर्श सेवा समाज युएईका सँस्थापक संरक्षक गुप्तशेखर पौडेलको उपस्थिती रहेको थियो भने अतिथीको रूपमा कास्की आदर्श सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक मनोजकुमार सैंजु, समाजका सँस्थापक सदस्य एवं सल्लाहकार ओम गुरूङ, समाजका आजिवन सदस्य तथा तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम तमु सविनय, समाजका आजिवन सदस्य तथा पंचासे लगानी कोष युएईका संयोजक बुद्दि बहादुर रानाभाट तथा एनआरएन युएईका केन्द्रिय सदस्य कमल खानको उपस्थिती रहेको थियो ।

त्यस्तै उक्त समारोहमा समाजका, केन्द्रीय समिती तथा क्षेत्रिय समितीका पदाधिकारीहरूका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरू, खेलाडीहरू एवं युएईमा कार्यरत कस्केली तथा गैरकस्केली चेलीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम बारेमा कार्यक्रम संचालक तथा समाजका महासचिव विकास अधिकारीले नेपाली सँस्कृति तथा परम्परालाई जोगाउनका खातिर एवं माइती र चेलीको प्रगाढ सम्बन्धलाई व्यख्या गर्ने पर्व तीज अर्थात् हरितालिकाको महत्व बेग्लै रहेको कुरा अवगत गराउँदै तथा प्रवासको बसाइका क्रम आफ्नो माइतिबाट सात समुन्द्र पारि रहेका कस्केली चेलिहरूलाई माइतिको न्यास्रो मेटाउनका लागी गत वर्षका जसरी यस वर्ष पनि युएईमा रहेका कस्केली चेलीहरूलाई माइतीको आभाष दिलाउने उदेश्य अनुरूप यस कार्यक्रम आयोजना गरिएको बताए ।

समाजकी केन्द्रीय सदस्य श्रीमती शोभा शर्माले स्वागत तथा शुभकामना मन्तव्य राख्दै हामी चेलीहरूलाई प्रवासको बसाइमा व्यस्तताका बाबजुद पनि कास्की समाजको सक्रियतामा माईतीको न्यानो ममता प्रदान गरि हामीहरू स्वदेशमा नै माइतीको आगनीमा भएको आभाष दिलाएको भन्द्यै प्रशंसा गरिन् ।

दिनको पावन अवसरको सबैमा शुभकामना व्यक्त गर्दे कास्की आदर्शले गरेका सामाजिक कार्यहरूको खुलेर प्रशंसा गर्दै सामाजिक अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफु सरिक हुन पाउँदा हर्ष विभोर भयको कुरा व्यक्त गर्दै चार्ड पर्वमा मात्र समाजको सम्झना नगरि सधै भरि यस समाजले सारेका हरेक सामाजिक गतिबिधीहरूमा हातेमालोका लागी समाजको सदस्यता ग्रहण गर्नका लागी अनुरोध गर्दै यस कार्यक्रम आयोजक टिम तथा सिङ्गो कास्की आदर्श सेवा समाजको तर्फबाट स्वागत गर्दै र उपस्थित चेलिहरूको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्नुका साथै समाजको प्रगतीको कामना गर्नु भएको थियो ।

सोही समारोहमा समाजको स्थापनाकाल देखि हर कृयाकलापमा अहोरात्र खटि समाजलाइ दियको योगदानको मुल्याङ्कन गर्दै समाजकी सक्रिय आजीवन सदस्य निर्मला थापा जि।शी। लाइ प्रशंशा पत्रले सम्मान गरियको थियो भने युएईमा भय गरेका फुटबल प्रतियोगिताहरूमा समाजको फुटबल टिम बाट प्रतिनिधित्व गर्दै समाजको नाम रोशन गर्न सफल फुटबल खेलाडीहरूलाइ पनि प्रशंसा पत्र तथा खादाले सम्मान गरियको थियो । आइएमई मध्यपुर्व प्रमुख एवं समाजका सक्रिय आजिवन सदस्य श्री सरोज बस्नेत युएईको चार वर्षे कार्यकाल समाप्त भइ स्वदेश फिर्ती को शुभ अवसरमा उहाँबाट समाजलाई दिनु भयको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान पत्रका साथमा दोसल्ला ओढायर सम्मानका साथ बिदाइ पनि गरियको थियो । तेसै गरि भर्खरै सम्पन्न एनआरएन युएईको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन बाट समाजका केन्द्रिय सदस्यहरू क्रमशः श्री विकास शाही कोषाध्यक्ष तथा श्रीमती शोभा शर्मा महिला संयोजक जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भयका उहाँहरूलाई सफल कार्यकालका लागी शुभकामनाका साथ बधाई ज्ञापन गर्दै समाजको तर्फबाट खादा ओढायर सम्मान पनि गरियको थियो ।

उक्त समारोहबाट नै युएईमा कार्यरत समाजमा आबद्द कस्केली चेलीहरूको भेलाबाट समाजको मुल बिधान अन्तर्गतको महिला उपसमिती गठन भयको छ, जसको अध्यक्षमा श्रीमती मनु गरूङ श्रेष्ठ, तेस्तै उपाध्यक्षमा श्रीमती निर्मला थापा जि।शी।, सचिवमा श्रीमती देवि गुरूङ, कोषाध्यक्षमा श्रीमती केशमाया पुर्जा र सदस्यहरूमा क्रमशः श्रीमती गौमाया तामाङ, श्रीमती विष्णु माया पौडेल, श्रीमती कासरी गुरूङ निर्विरोध चयन हुनु भयको छ, नवगठित महिला उपसमितीका पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गरिए पश्चात समाजका अध्यक्ष श्री केदार कुँवरले सपथ ग्रहण गराउँदै बधाई का साथमा सफल कार्यकालको शुभकामना दिदै महिला उपसमितीलाई केन्द्रिय समिती तथा व्यक्तिगत पुर्ण सहयोग अनि सहकार्य रहने कुरा बताउनु भयको थियो ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी समाजका सँस्थापक अध्यक्ष तथा संरक्षक श्री गुप्तशेखर पौडेलले सन् २०१४ फेब्रुअरी २१ मा गठित यस समाजले गत वर्षमा जसरि यस वर्ष पनि युएर्इमा कार्यरत कस्केली चेलिहरूलाई निमन्त्रणा गरि शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रममा उपस्थित सबैमा शुभकामना व्यक्त गर्दै कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी सबैको साथ र सहयोगको खाँचो रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू, स्थापना काल देखि हालसम्म गरेका सामाजिक गतिविधीहरूका बारेमा छोटो जानकारी दिदै र योजनाहरू मनन गरि हातेमालो गरि अगाडी बढ्न अनुरोध गर्दै समाजले युएईमा कार्यरत रहेका कस्केली दिदीबहिनीहरूलाई सधै सुस्वागत गर्न तत्पर रहेको कुरा व्यक्त गर्दै हामी नेपाली जहाँ गए पनि आफ्नो सँस्कार तथा सँस्कृती भुल्न नहुने कुरा व्यक्त गर्दै भगवान श्री महादेवको आस्था बोकेको महिलाहरूको महान पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष श्री केदार कुँवरले आफ्नो व्यस्तताको बाबजुद पनि यो गर्मिको प्रवाह नगरी माइतिको निम्तोलाई सहर्ष स्विकारी, पसिना पुछ्दै, यो पार्कमा माइतिको आगनी हरा भरा पार्न उपस्थीत तमाम कस्केली दिदीबहिनीहरूलार्इ स्वागत गर्दै, सँस्कृति जोगाउनका लागी जहाँ जसरि रहेपनि तडक भडक नगरी परम्परागत शैलिमा नै सँस्कृतिको संरक्षणका लागी सबै लाग्नु पर्ने कुरा व्यक्त गर्दै, भर्खरै गठित महिला उपसमिती मार्फत् संस्थामा समाहित हुन अपिल गर्दै समाजको हर कार्यक्रममा तल्लीन रहि यस दर खाने कार्यक्रम सफल तुल्याउनका लागि व्यावस्थापन देखि लियर यो प्रचण्ड गर्मिमा बिहानै बाट खटिनु भएका विभिन्न उपसमितीका सदस्य ज्युहरू लगायत केन्द्रिय तथा क्षेत्रिय पदाधिकारीहरू, सदस्यहरू एवं समस्त महानुभावहरू तथा उपस्थित सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना तथा पिताको मुख हेर्ने दिनको शुभकामना व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

स्मरणीय रहोस् हरेक महिनाको अन्तिम शुक्रवार सो महिना भरि जन्मदिन परेका समाजका सदस्यहरूको सामुहिक जन्मदिन समारोह समाजको दुवइ क्षेत्रिय समितीले आयोजनामा गर्दै आइरहेको छ र सोही स्थानमा अगष्ट महिनाभरि जन्मदिन परेका सदस्यहरूको समुपस्थितीमा सामुहिक रूपमा केक काटेर एक अर्का बिच शुभकामना आदान प्रदान गर्दै सामुहिक जन्मदिन समारोह पनि सम्पन्न भयको थियो ।

More News last news
Loading...