यात्रु सहितको विमान अवतरणका क्रममा विजुलीको तारमा अल्झिएर दर्घटना

काठमाडौं । यात्रुले भरिएको विमान दुर्घटनामा परेको छ । भारत उत्तर प्रदेशको अलीगढ़मा आज एक निजी कम्पनीको ट्रेनी एयरक्राफ्ट अवतरणको क्रममा दुर्घटनामा परेको हो । जानकारी अनुसार यस दुर्घटनामा ६ जना सुरक्षित भएको भनिएको छ।

विमानको एक चक्का बिजुलीको तारमा अल्झेको भनिएको छ । यो विमान दिल्ली देखि मरम्मततर्फ गइरहेको थियो । एसडीएम विवेक शर्माका अनुसार अलीगढ़ विमानस्थलमा स्ट्यान्डर्ड रनवेको काम भइरहेको छ । यस विमानस्थललाई ५ सय मिटर फराकिलो बनाइदैंछ।

Advertisement

विमान चालकले मर्मत भइरहको क्षेत्रमा नै विमान अवतरण गर्दा दुर्घटना भएको हो। यही समयमा विमानको चक्का बिजुलीको तारमा अल्झेको हो । तर यात्रु अचानक निस्केपछि मानविय क्षति भने हुन पाएको छैन।

यो घटनालाई विमानस्थल प्रशासनले चालकको गम्भीर लापरवाही भनेको छ । तर यो आरोप चालकले स्वीकार गरेका छैनन्। उनले अवतरण गर्ने दिशामा विजुलीको पल राख्नु नै लापरवाही भएको प्रतिक्रिया दिएका छन्।

More News last news
Loading...