काठमाडाैं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ।
अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ।’
२० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि खिचेको भिडियोमा ‘अवैध रुपमा करोडौं’ कमाएको भनिएको थियो। त्यसैले प्रहरीले सम्पत्तिको खोजी गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने क्रममा उनको बैंक खाता खोजिएको थियो तर, नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
