यसपटकको दशैँमा नयाँ नोट नआउने !

 काठमाडौँ । नेपाल राष्ट्रबैंकले बर्सेनि दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ।

अघिल्लो वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो। हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ।

Advertisement

नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा बर्सेनि करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ। तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन्।

नयाँ नोट पनि वर्षदिनमै झुत्रा हुने भएपछि राष्ट्रबैंकले यो दशैँमा भने केही दरका नोट नयाँ नछाप्ने योजना बनाएको छ। विशेषगरी १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदाममा रहेका सुकिला नोट प्रयोग गर्ने राष्ट्रबैंकको तयारी छ। दशैँमा १०, २० र ५० दरका नोट धेरै उपयोग हुने गरेका छन्।

More News last news
Loading...