सुन चाँदीको भाउमा पुन अर्को रेकर्ड, एकैदिन बढ्यो १२ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ। सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो। अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो।

Advertisement

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ। चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ।

More News last news
Loading...