सन्नी लियोनी ११ सेप्टेम्बरमा नेपाल आउँदै 

काठमाडौं । पूर्व पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् ।

सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् । भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी भिडियोमार्फत गराएकी छिन् ।

Advertisement

भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ । काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ । उनले फिल्मको प्रचारमा समेत समय दिने जनाइएको छ ।

‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ । एक्सन थ्रीलर भनिएको यो फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी ९विक्की०, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्मको छायांकन लण्डनमा गरिएको हो ।

More News last news
Loading...