काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको बुधबार दिउँसो निधन भएको छ।
६४ वर्षीय रानाको उपचारका क्रममा ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा निधन भएको हो। लामो समयदेखि मधुमेहले ग्रस्त रानाको गएको वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो।
चलिचत्र ‘कर्जा’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरका किशोरले ‘राँको’, ‘सीमारेखा’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’ ‘घुम्टो’ जस्ता सफल चलचित्र निर्देशन गर्नु भएको छ।
बलिउडमा समेत सहायक निर्देशकका रुपमा काम गरेका किशोरले ‘कब होइ मिलनवा हमार’सहितका केही भोजपुरी चलचित्र समेत निर्देशन गरेका छन्।
उनी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा दीर्घ साधना सम्मानबाट सम्मानित भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
