काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन्।
तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो।
रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग आधा घण्टा छलफल गरेका थिए । यसअघि जाहेरी दिईसकेको बर्ताएपनि खासमा जाहेरी दर्ताका लागि छलफल भएको छ र जाहेरी लिन नमानेको बताईएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
