काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेसी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जाना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो।
विभागले खुला शारीरिक अशक्त भएका, कर्तब्य पालनाको शिलशिलामा मृत्यू भएका नेपाली सैनिकको सन्तती, महिला, आदिबासी, जनजाती, मधेसी र पिछडिएको क्षेत्र तर्फ गरी २ सय ५० जाना लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
नेपाली सेनाको आधिकारिक वेवसाइट मा अनलाइन दरखास्त फरम भरी सो को प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
