रवि लामिछानेसहित ३ जनालाई ५ दिन थुनामा राख्न अदालतको आदेश

चितवन । शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

उनी सहित पक्राउ परेका युवराज कडेँल र अस्मिता (रुकु) कार्कीलाई पनि पाँच दिन थुनामा राख्ने आदेश अदालतले दिएको छ।

Advertisement

बिहीबार पक्राउ परेका तीनै जनालाई राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो। उनीहरुलाई आज अदालतमा उपस्थित गराईएको हो।

मृतक पुडासैनिले आफ्नो मृत्युको कारण पत्रकार रवि लामिछाने, युवराज कडेँल र अस्मिता (रुकु) कार्की रहेको बताउदै भिडियो रेकर्ड गरेर आत्महत्या गरेका थिए।

More News last news
Loading...