काठमाडौं । कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ।
आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमण दोहास्थित जैदा पार्कमा भएको हो।
घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ।
घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ। पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ। घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ।
घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ। घाइते सबै सुनसरी जिल्लाका रहेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
