यी हुन् डेंगु रोगका लक्षण, थाहा नपाउँदा ज्यानै जान सक्छ (भिडियोसहित)

देशभर डेंगु रोगको प्रकोप फैलिएको छ । पहिलेका बर्षमा तराईका जिल्लामा मात्र फैलिएको यो रोग अहिले भने पहाडी जिल्लामा पनि देखियो । पोखरामा पनि डेंगु रोगका बिरामीहरु देखिएपछि मानिसहरु झन त्रासमा छन्। लामखुट्टे बाट सर्ने यो रोग पछिल्लो समय अप्रत्यासित रुपमा फैलिदै गएको छ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यसले स-साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ।

Advertisement

खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ। यसै डंगु रोगबारे हामीले बरिष्ठ फिजिसियन डा युक्त नारायण रेग्मीसंग कुराकानी गरेका थियौं।
हेरौं यो भिडियो

More News last news
Loading...