काठमाडौँ । साताको तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) पुन ह्वात्तै बढेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजारले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदी प्रतितोला मूल्य ८३५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ।
पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
