काठमाडौं । आज पनि सुनको भाउ ह्वात्तै बढेको छ।
हिजो एकै दिन १५ सय रुपैयाँले बढेर ६९ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७० हजारमा कारोबार भइरहेको छ।
त्यस्तै हिजो ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो साताको बिहीबारबाटै लगातार बढ्दै गएको सुनको भाउले दैनिक रुपमा उच्च रेकर्ड बनाएको छ। आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ।
आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
