काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक बजारलाई तीन गीतले छपक्कै ढाकिसकेको छ । दिनदिनै नयाँ नयाँ तीज गीत सार्वजजिक हुने क्रम वढदो छ ।
बिशेष गरी महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउनी र दुख साटासाट गरी मिष्ठान भोजनसहित मनाईने प्रचलन छ । तीज गीत भन्दा बित्तिकै जोडिने नामहरु हुन् बिमाकुमार दुरा, पशुपति शर्मा, शर्मिला गुरुङ र देवी घर्ती ।
हुन त यस बाहेक अन्य कलाकारहरुले पनि तीजका गीतमा राम्रै योगदान गरेका छन् । हालसालै यी ३ चर्चित कलाकार दुरा, शर्मा, गुरुङ र घर्तीको आवाजमा “हाम्रो कथा” नामक मर्मस्पर्शी तीज गीत सार्वजनिक भएको छ । प्रायजसो समाजमा घट्ने घटनाहरुलाई गीतमा टपक्कै टिपेर आफ्ना गीतमा प्रस्तुत गर्न सिपालु शर्माको लय तथा शब्दमा “हाम्रो कथा यहि रैछ जिन्दगी” सार्वजनिक गरिएको हो ।
पुराना तथा अग्रज गायिका दुराका अलवा तीज गीतमा टिपिकल भाका प्रस्तुत गर्ने गायिका गुरुङ र घर्तीको समेत स्वर रहेको छ । चेलीको वास्तविक पिडा बोकेको उक्त गीतमा गायक शर्मा सहित तीनै जना चर्चित गायिकाहरुको अभिनय समेत देख्न सकिन्छ भने म्युजिक भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन।
यस गीतले दर्शकहरुको मन जित्न समेत सफल भएको छ । समाचार तय गर्दा सम्म युटुबमा गीत अपलोड गरेको ११ घण्टामै यस गीतले करिब ९५ हजार दर्शकको माया पाईसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
