काठमाडौँ । तीज नजिकीएसँगै सुनको मूल्य उकालो लागेको छ। आज (सोमबार) १५ सयले बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो। शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सयमा कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ बढेर ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
