काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको संकलनमा मर्मस्पर्शी तीज गीत ‘दिदी भाई–३, टुहुरी भान्जी’ सार्वजनिक भएको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा पछिल्लो समय साङ्गीतिक बजार तीज गीतमय बनिरहेका अधिकारीको यस गीतले पनि राम्रो लोकप्रियता कमाईरहेको छ ।
मार्मिक शब्द समेटिएको यस गीतमा अधिकारी र स्मृति तिमल्सिनाको आवाज रहेको यस गीतमा खुमन अधिकारीको लय र विष्णु न्यौपानेको शब्द रचना रहेको छ ।
गीतको भिडियोमा सुस्मिता सापकोटा, महेन्द्र गौतम रमा थपलिया लगायतका कलाकारको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
