साबित्रा चिलुवालको चलचित्र ‘मखमली मखमली’ सेन्सर बोर्डबाट पास

काठमाडौँ । साबित्रा चिलुवालले निर्माण गरेको चलचित्र ‘मखमली मखमली’ सेन्सर बोर्डबाट पास भएको छ। आइतबार सेन्सर बोर्डले पारीत गर्दै चलचित्र राम्रो बनेको दाबी गरेको छ। केही दिनअघि मात्रै फस्ट लुक्स सार्वजनिक गर्दै यस चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको थियो।

यसअघि यो चलचित्र भाद्र १३ गते प्रदर्शन गर्ने भनिएको भएपछि अन्ततः तिहारको पूर्व सन्ध्यामा प्रदर्शन गर्ने तय भएको हो। चलचित्र सेन्सर बोर्डबाट पारीत भएको जानकारी दिदै चलचित्रकी निर्मात्री चिलुवालले धेरैको राम्रो प्रतिक्रिया आइरहेको नयाँ पुस्तालाई बताइन्।

Advertisement

नारी प्रधान यस चलचित्रमा केही कमेडीसँगै नारीका रोदन तथा पीडाका भावहरु समेटिएका छन्, निर्मात्री चिलुवालले नयाँ पुस्तासँग कुराकानी गर्दै भनिन्। अग्रज धेरै व्यक्तिले चलचित्र राम्रो भएको भन्दै खुसी व्यक्ति गर्नुभएको छ। यसबाट मलाई थप उर्जा प्राप्त भएको छ। दर्शकहरुले यो चलचित्र पक्कै पनि मन पराउनुहुनेछ भन्ने अपेक्षा गरेकी छु।

गीत संगीतका क्षेत्रमा लामो अनुभव बटुली सकेकी चिलुवाले पहिलो पटक यो चलचित्र निर्माण गरेकी हुन्। राजु गिरीको निर्देशन तथा उनकै व्यानर (राजु प्रोडक्सनको व्यानर) मा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, माया तामाङ, सारदा गिरी (काली बुढी), लक्ष्मण बिक्रम बस्नेत, सबिन बास्तोला, सुदर्शन आचार्य, सावित्रा चिलुवाल, कुशलव केही, रामजी राउतलगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, अशोक खड्काको द्वन्द, रामजी लामिछाने र अनिल राईको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन रहेको चलचित्रलाई बिनोद बमले सम्पादन गरेका छन्।

More News last news
Loading...