अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा केही दिन अघि दुई नेपालीको ज्यान जाने गरी दुर्घटनाभएको कारका चालक सागर भट्टराई पक्राउ परेका छन्।
दुर्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएका हुन्। उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ। साथै मान्छेको ज्यान जाने गरी सवारी चलाएको अभियोग पनि भट्टराईमाथि लगाइएको छ। उनको जमानात समेत खारेज गरिदिएको छ । उनलाई शनिवार नै पारामाटा कोर्टमा प्रस्तुत गरिने भएको छ।
प्रहरीसँगको बयानमा कङ्गारु अगाडि आएको र त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भट्टराइले बताएका थिए। प्रहरी अनुसन्धानमा पाँच जना सवारमध्ये एकजनाले सिट बेल्ट नलगाएको पाइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
