आज सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो।

गत बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो। अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघले जनाएको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो। चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ।

More News last news
Loading...