काठमाडौँ । नेपाली हिन्दु नारीहरुको महान हरितालिका तीज नजिकिदै गएका बेला तीज गीत पनि सार्वजनिक हुने क्रममा जारी छ।
यसै क्रममा गायिका तेजु परियार र अनिता खत्रीले पनि नयाँ तीज गीत ‘सारी उपहार ‘बजारमा ल्याएका छन्।
गीतमा रचनाकार अनिल खनालको शब्द तथा संगीत रहेको छ भने दिनेश मुस्कानले निर्देशन तथा सिनेमाटोग्राफी गरेका छन्।
ओम तामाङ र सरिता मगरको अभिनय रहेको गीतको म्युजिक भिडियो गोपाल कुमार बिसीले खिचेका हुन्। यस गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ।
यस्तो छ भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
